नदीले बगाउँदा एक जनाको मृत्यु


२०८२ असार ३० सोमबार १४:४१ बजे

बाजुरा । बुढीगंगा नगरपालिकामा बुढीगंगा नदीले बगाउँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार बुढीगङ्गा–३ र ६ मा पर्ने बुढीगंगा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले बगाएर उनको मृत्यु भएको हो । 

दाउरा ल्याउन गएका बुढथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको प्रहरी नायब उपरीक्षक हवारीले बताए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७