बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन एक लाख ९२ हजार ९ सय रुपैयाँ तोकिएको थियो । यो मूल्य आइतबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढी हो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।