त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट र अति विशिष्टलाई छुट्टै ‘डेस्क’


२०८२ असार २९ आइतबार १६:३३ बजे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट र अति विशिष्ट व्यक्तिहरूका लागि छुट्टै डेस्क स्थापना गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भीआईपी र भीभीआईपीका लागि छुट्टै डेस्कको व्यवस्था गरिएको जनाएको छ।

कार्यालयले यस्ता व्यक्तिहरूको आगमन र प्रस्थानलाई सरल बनाउनका लागि छुट्टै डेस्क स्थापना गरिएको बताएको छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी आगमन तथा प्रस्थान गर्नु हुने विशिष्ट एवं अति विशिष्ट महानुभावहरूको आगमन तथा प्रस्थान प्रक्रिया सरल, सहज, शीघ्र एवं सुविधायुक्त पार्नका लागि यस कार्यालयले छुट्टै भीआईपी÷भीभीआईपी डेस्कको व्यवस्था गरेको व्यहोरा सम्बन्धित सम्पूर्णमा अवगत गराइन्छ,’ कार्यालयको सूचनामा उल्लेख छ।  

भीआईपी-भीभीआईपी डेस्क प्रयोग गरी आगमन तथा प्रस्थान गर्ने व्यक्तिहरू अनिवार्यरूपमा अध्यागमन प्रक्रियामा उपस्थित भई अध्यागमन प्रक्रिया पूरा गर्नुपर्ने छ। ‘नेपाल राजपत्रमा उल्लेखित महानुभावहरूले मात्र उक्त भीआईपी-भीभीआईपी डेस्कको प्रयोग गरी अध्यागमन प्रक्रिया (आगमन तथा प्रस्थान) लाई सहज बनाइ दिनु हुन समेत सादर अनुरोध छ,’ कार्यालयको सूचनामा भनिएको छ ।  

हेर्नुस् सूचना


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७