११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा युवकको मृत्यु


००:५० बजे

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका–७ भोयल टिमकियास्थित कृषि सडकमा ११ हजार भोटको तार चुँडिएर खस्दा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुरका ३२ वर्षीय छटु मुखिया छन् । भोयल टिमकियास्थित कृषि सडकमा कलभर्ट निर्माणको काम गरिरहेका बेला मुखियालाई करेन्ट लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको स्थानीय रोशनकुमार यादवले जानकारी दिए ।

घटनास्थलमा पुगेको प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । विद्युत् प्राधिकरणको लापरबाहीको कारण तार चुँडिएर खस्दा करेन्ट लागेको स्थानीयको भनाइ छ । स्थानीय रोशनकुमार यादवका अनुसार करिब चार वर्षअघि औरहीको पावर हाउस नजिक ११ हजार भोटको तार चुँडिएर खस्दा एक जनाको घाँटी काटिएर मृत्यु भएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७