राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन


२३:०२ बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको आज अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी सङ्ग्रहालय अवलोकन गर्न गएका हुन् । 

उनलाई पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, सङ्ग्रहालयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा सङ्ग्रहालयका प्रमुख मायादेवी  अर्याललगायत पदाधिकारीले स्वागत गरेका थिए । राष्ट्रिय सङ्ग्रहलयमा प्रमुख नकर्मीले सङ्ग्रहालयका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । नेपाली सेनाको सैनिक सङ्ग्रहालयमा पुग्दा उहाँलाई नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापाले स्वागत गरेका थिए । सैनिक सङ्ग्रहालयमा सङ्ग्रहालय प्रमुख सेनानी गेलान लामाले सङ्ग्रहालयका बारेमा जानकारी गराएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७