पूर्व राष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता


२२:२७ बजे

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहबीच भेटवार्ता भएको छ । पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न बालेन उनको निवास भंगालमा पुगेका थिए ।

पूर्व राष्ट्रपति भण्डारी र मेयर शाहबीच गत बिहीबार भेटवार्ता भएको हो । मेयर शाहको सचिवालय स्रोतले पूर्व राष्ट्रपतिसँग मेयर शाहको भेटवार्ता भएको पुष्टि गरेको छ । ‘बिहीबार पूर्व राष्ट्रपतिको निवासमा उहाँहरूबीच भेटवार्ता भएको हो,’ सचिवालय स्रोतले सुनायो । उक्त भेटका क्रममा नेकपा (एमाले) का नेताहरू शेरधन राई, काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठलगायत नेताहरू पनि थिए ।

भण्डारी राष्ट्रपति रहँदा ‘राष्ट्रपति चुरे–तराई संरक्षण कार्यक्रम’ अन्तर्गत चुरे क्षेत्रमा वन्यजन्तुको अण्डरपाससम्बन्धी एक योजनामा बालेन शाह पनि कार्यरत रहेको र पुरानै चिनजान अनुसार भेटवार्तालाई निरन्तरता दिइएको मेयर शाहको सचिवालय स्रोतको भनाइ छ । ‘उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भयो’ स्रोतले भन्यो । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको तिक्तता बढिरहेका बेला एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी भण्डारीसँग उनले भेटेका हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७