एपीलाई गाली गरेर फरार जसपा नेता यादवको चुनौती : सय मुद्दा खेप्न तयार छु


२२:५७ बजे

सर्लाही । सर्लाहीका एसपीमाथि गालीगलौंज गरेर सम्पर्कविहीन भएका जसपा मधेशका अध्यक्ष अशोक यादवले भिडिओमार्फत सयौं मुद्दा झेल्न तयार रहेको चुनौती दिएका छन् । सर्लाही प्रहरीको वान्टेड सूचीमा यादवले आफू नभागेको समेत बताएका छन् । आज फेसबुक लाइभ गर्दै उनले आफूविरुद्ध झुटा आरोप लगाइएको भन्दै गम्भीर आपति समेत जनाएका छन् ।  प्रहरीले डाँका शैलीमा आफ्नो घरमा पुगेर छोरामाथि कुटपिट गरी घाइते बनाएपछि आफू छोराको उपचारमा रहेको उनको दावी छ । 

सञ्चारमाध्यममा आफू फरार भएको भनेर आएका समाचारको खण्डन गर्दै उनले भने, ‘जनताको लागि आवाज उठाउँदा  राज्यले अपराधी ठहर गर्न खोजेको छ ।’ सोही अनुसार आफूविरुद्ध मुद्दा दर्ता गरिएको समेत नेता यादवको आरोप छ । उनले भने, ‘मैले कुनै अपराध गरेको छैन, म त निमुखा, शोषित, पीडित र विपन्न वर्गका लागि आवाज उठाइरहेको छु ।  जिल्लामा भइरहेका बेथिति, भ्रष्टाचार र लुटतन्त्रविरुद्ध आवाज उठाउँदा राज्यले मलाई अपराधी ठान्छ भने म सय वटा मुद्दा खेप्न तयार छु । तर म जनताको पक्षमा बोल्न कहिल्यै रोकिनेवाला छैन ।’ 

उनले प्रहरीको कुटपिटबाट आफ्नो छोराको गर्दनको नसा च्यातिएको समेत बताएका छन् । उनले भने, ‘ममाथि अनावश्यक हिसाबले मुद्दा दर्ता गरिएको छ, त्यसबाट म डराएको छैन । म चाँडै आउँदैछु सर्लाहीमा ।’ उनले सर्वसाधारणलाई आन्दोलनमा आउन आग्रह गर्दै एसपीलाई आफूले पहिले गालीगलौज नगरेको समेत बताएका छन् । अनावश्यक हिसाबले मुद्दा दर्ता गरे फसाउन खोजे पनि आफू त्यसबाट डराउने मान्छे नभएको उनले चेतावनी दिए । यादवमाथि दुई वटा मुद्दा दर्ता भएको छ । सार्वजनिक सेवामा रोकावट र राजनीतिक उपद्रो कसुर अन्तर्गतका दुई वटा मुद्दामा अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको हो । बिहीबार राति सर्लाहीका प्रहरी प्रमुख योगेन्द्रकुमार खड्का र अध्यक्ष यादवबिच गाली गलौज भएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७