मोरङमा प्रहरीले गोली हानेर पक्रियो तीन जना

मोरङ । प्रहरीले मोरङको रंगेलीमा गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रंगेलीमा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन दुुई राउण्ड हवाइ फायर गरेको हो । सो क्रममा लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ गरिएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही ठेगाना भएका ३८ वर्षीय सुशिल बुढाथोकी र अर्की एक भारतीय महिला रहेका छन् । भारतीय महिलाको भने पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।