त्रिविका पदाधिकारीलाई विश्व विद्यालय प्रवेश निषेध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेशमा निषेध गरेका छन् । उपकुलपतिसहितका तीन जना पदाधिकारीलाई क्रान्तिकारीका विद्यार्थीहरूले प्रवेशमा निषेध गरेका हुन् । त्यस्तै त्रिभुवन विश्वविद्यालयमा विभिन्न समूहले लगाएको ताला भने खुलेको छ ।
आंशिक प्राध्यापक संघर्ष समितिले तालाबन्दी खोलेको थियो । त्यसपछि नेविसंघले समेत तालाबन्दी खोलेको थियो भने आज अखिल क्रान्तिकारीले ताला खोलेको हो । फास्ट ट्रयाकमार्फत प्रोफेसर नियुक्तिको विरोध, विद्यार्थी भर्ना खोल्नुपर्ने लगायतका मागहरू राखेर आंशिक प्राध्यापक, नेविसंघ र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै रूपमा ताला लगाएका थिए । उपकुलपति कार्यालय, रेक्टर, रजिस्ट्रार कार्यालय तथा त्रिवि सेवा आयोगको कार्यालयमा ताला लगाएका थिए । सर्वोच्चले तत्काल ताला खोल्नु र खोलाउन वा नलगाउनु भन्ने आदेश जारी गरेको थियो ।