काठमाडौं भ्यूटावरका ठेकेदार भेटवाल थुनामै नबसी रिहा


००:४८ बजे

काठमाडौं । काठमाडौं भ्यूटावरका ठेकेदार मनोजकुमार भेटवाल रिहा भएका छन् । चेक बाउन्सको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि अदालतले म्याद थप नगरेपछि उनी गत १९ गते नै रिहा भएका हुन् । उनी गत असार १३ गते पक्राउ परेका थिए । पक्राउ परे लगत्तै सुटुुक्क अस्पताल भर्ना भएका उनी थुनामा बस्दै नबसी रिहा भएका हुन् ।

अस्पतालबाटै म्याद थपका लागि जिल्ला अदालत काठमाडौं उपस्थित भएका भेटवाललाई सो दिन म्याद थप नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए  ‘स्वास्थ्यको कारण देखाउँदै अदालतबाट म्याद थप भएन । त्यसपछि हामीले केही गर्ने कुरा भएन,’ एसपी बोहराले भने । करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा उनी पक्राउ परेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७