दलाई लामाको जन्मोत्सवमा माओवादीद्वारा नियुक्त राजदूत


२२:३५ बजे

काठमाडौं । भारतमा निर्वाशित तिब्बती बौद्ध धर्मावलम्बीहरुका राजनीतिक नेता दलाई लामाको जन्मोत्सव आज (आइतबार) नेपालमा समेत मनाइएको छ । ललितपुर एकान्तकुनास्थित तिब्बतीयन ह्याण्डिक्राफ्ट सेन्टर परिसरमा आज मनाइएको जन्मोत्सव कार्यक्रममा काठमाडौंस्थित विभिन्न दूतावासका कूटनीतिज्ञहरु र डेनमार्कका लागि पूर्व नेपाली राजदूत विजयकान्त कर्ण पुगेको बताइन्छ । 

शरणार्थी क्याम्पका लेखा प्रमुख कर्मा दावाको अध्यक्षतामा आयोजित कार्यक्रममा चोभार डोफेलिङ गुम्बाका कुन्से रिन्पोछे प्रमुख अतिथि थिए । द्वितीय सचिव कर्मा ग्याल्त्सेनसहित लाजिम्पाटस्थित तिब्बती शरणार्थी कल्याणकारी कार्यालय र दलाई लामाका प्रतिनिधि सेप्री लोपान टुल्कु ङ्वाङ चोकडुपसँगै विदेशी कूटनीतिज्ञमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगका उच्चायुक्त तथा युरोपेली युनियनकी राजदूत भेरोनिक लोरेनो पनि जन्मोत्सव कार्यक्रममा सहभागी थिए ।

त्यस्तै अमेरिकी दूतावासका पब्लिक अफेयर्स चिफ माइकल हार्कर, दूतावासकै तिब्बती मामिला संयोजक तथा तिब्बती शरणार्थी पेमा तेन्जिङ, तिब्बती शरणार्थीका निर्वासित संसद सदस्यहरु सेर्ता टासी धुन्दुप र रात्सा सोनाम नोर्बु कार्यक्रममा देखिए । मानवअधिकारवादीमध्ये भवानी खरेल, गोपाल शिवाकोटी चिन्तन, इन्द्र अर्याल, शम्भु लामा पनि निम्तो मान्न जावलाखेल पुगेका थिए । 
कार्यक्रममा केक काट्दै दलाई लामाको सन्देश पढेर सुनाइएको थियो । उता भारतको धर्मशालामा बस्दै आएका लामाले गत साता आफ्नो उत्तराधिकारीको पुनर्जन्मबारे दिएको विवादास्पद टिप्पणीको चीनले निन्दा गरेको छ । चीन सरकारले चीनमा रहेका वास्तविक तिब्बती बौद्ध धर्मावलम्बीहरुको धार्मिक भावनामा ठेस नपु¥याउन र अन्तर्राष्ट्रिय राजनीतिमा पश्चिमाहरुको कठपुतली नबन्न समेत  सचेत गराएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७