पर्यटन राज्‍यमन्त्री चौधरीले राजीनामा बुझाउँदै


२२:०३ बजे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट पर्यटन राज्‍यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् । आज ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्‍यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् । ‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं,’ उनले सुनाइन्, ‘त्यसकारण आज पर्यटन राज्‍यमन्त्री ज्‍यूले ५ बजे प्रधानमन्त्री ज्‍यूलाई भेटेर राजनीनामा बुझाउनु हुन्छ ।’

शनिबारको संसदीय दलको बैठकले नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ ।  आइतबार उक्त पार्टीका सांसद गंगाराम चौधरीसहितको टोली सभामुख घिमिरेलाई भेट्न पुगेका थिए । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने व्यहोराको पत्र सभामुखलाई बुझाइयो,’ उनले भने । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७