कतारमा आज इजरायल–हमास युद्धविराम वार्ता, नेतान्याहूले भोलि ट्रम्पलाई भेट्ने


२२:५४ बजे
फाइल फोटो

काठमाडौं । इजरायलले गाजामा युद्धविरामको बारेमा वार्ता गर्न आज कतारमा प्रतिनिधि पठाउने भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले शनिबार राति यो घोषणा गरेको हो । इजरायलले जुन २, बुधबार गाजामा युद्धविराम प्रस्तावलाई अनुमोदन गरेको थियो । कतारले प्रस्ताव गरेको प्रस्तावअनुसार हमासले इजरायलसँग ६० दिने युद्धविरामको लागि तुरुन्तै वार्ता गर्न तयार रहेको पनि शनिबार बताएको छ ।

इजरायल र हमास पहिले पनि धेरै पटक सम्झौताको नजिक पुगेका थिए तर अन्तिम समयमा सानातिना मुद्दाहरूमा सहमति भङ्ग हुँदै आएको थियो । यसअघि ट्रम्पले मंगलबार आफ्नो ट्रुथ सोसल पोस्टमा हमासलाई चेतावनी दिँदै भनेका थिए, ’मलाई आशा छ हमासले यो सम्झौता स्वीकार गर्ने छ, अन्यथा उनीहरूको लागि अवस्था झनै खराब हुनेछ । एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७