संविधानसभा सदस्य यादवको निधन


२०:०१ बजे

कलैया । संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता रामअयोध्या प्रसाद यादवको ७२ वर्षको उमेरमा निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका – २ कवहीजगात निवासी यादवको बुधबार बिहान वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यादव मधुमेहबाट पीडित थिए । यादवको स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको थियो ।

यादव २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । यादव नेपाली कांग्रेस बाराका पूर्व जिल्ला सचिव तथा पार्टीको महासमिति सदस्य हुन् । स्व. यादवका दुई छोरा, दुई छोरी र श्रीमती छन्। पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि बुधबार दिउँसो १ बजे आफ्नै गाउँ कवहीमा गरिनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७