सकियो नेपाली सेनाको ‘हायर कमान्ड तथा म्यानेजमेन्ट’ तालिम


०८:५० बजे

काठमाडौं । नेपाली सेनामा सैनिक अधिकृतका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको १३ औं समूहको ‘हायर कमान्ड तथा म्यानेजमेन्ट’ तालिम आज सकिएको छ । नेपाली सैनिक वार कलेजमा सञ्चालित गत फागुन २२ गतेदेखि सञ्चालन भएको महासेनानी दर्जा दर्जाका अधिकृत सहभागी तालिममा दुई महिलासहित ३५ जना शिक्षार्थीको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तालिममा महासेनानी सुरज बैदवार समग्रमा प्रथम भएका छन् भने सर्वोत्कृष्ट सोधपत्र पुरस्कार महासेनानी उत्तम सापकोटाले प्राप्त गरेका छन् । नेपाली सेनाका मुलुकभित्र सञ्चालन हुने माथिल्ला अधिकृत सम्मिलित उक्त तालिमको प्रधानसेनापति अशोकराज सिग्देलले समापन गरे । त्यस अवसरमा प्रमुख शिक्षक उपरथी सन्तोष बल्लभ पौडेलले विक्रम संवत् २०७१ देखि सञ्चालन हुँदै आएको उक्त तालिमका विविध पक्षबारे जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७