साम्बाको ‘ह्याट्रिक’ मा श्रीलंकाविरुद्ध नेपाललाई ४–० को अग्रता


०६:५९ बजे
फाइल फोटो

काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले श्रीलंकाविरुद्ध पहिलो हाफमै ४–० को अग्रता बनाएको छ ।

उज्वेकिस्तानमा जारी खेलमा नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफमै ह्याट्रिक पूरा गरेकी छन्। खेलको सुरुवाती अग्रता भने नेपालले गीता रानाको गोलबाट लिएको थियो । त्यसपछि कप्तान सावित्रा भण्डारीले २० औं मिनेटमा गोल गर्दै नेपालको अग्रतालाई दोब्बर पारिन् । पहिलो हाफको अन्त्यतिर साम्बा थप आक्रामक देखिइन् । उनले ४१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् र लगत्तै अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । जसले नेपाललाई पहिलो हाफमै ४–० को बलियो स्थितिमा पुर्‍यायो ।

यसअघि पहिलो खेलमा लाओसलाई ९–० को फराकिलो अन्तरले हराएको नेपाल उच्च आत्मविश्वासका साथ मैदानमा उत्रिएको छ । फिफा वरीयतामा नेपाल (१०० औं) श्रीलंका (१५९ औं) भन्दा ५९ स्थान माथि छ । पहिलो खेलमा श्रीलंका आयोजक उज्वेकिस्तानसँग १०–० ले पराजित भएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७