मोहन बस्नेतलाई गगनको जवाफ : फोहोर चलाएर फोहोरी बन्दिनँ


०८:०१ बजे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन् । थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भने, ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ ।’

उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने बताउँदै भनेका छन्, ‘बाले भन्नु हुन्थ्यो, कसैले आरोप लगाए जवाफ दिइहाल्नु पर्छ । आमाले भन्नु हुन्थ्यो, फोहोर नचलाउनु, फोहोर चलाए आफै फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।’

थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरे ।  उनले भने, ‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ । तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे । त्यो नैतिक पतन हो ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७