आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत


१०:३६ बजे

काठमाडौं । ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो । ती विधेयकमाथि सुझाव दिन चाहने राष्ट्रियसभाका सदस्यहरूले विधेयक शाखामा सुझाव पेस गर्न सकिने जनाइएको छ । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७