लिङदेनले खुलाए व्यवस्था परिवर्तन गर्नु पर्नाको कारण

‘राप्रपामा बसेर पैसा कमाइन्छ भन्ने लागेको भए अहिले बाटोलागे हुन्छ’


०८:५३ बजे
फाइल फोटो

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी अब नेपालको एक एक भ्रष्टाचार हुने दावी गरेका छन्।काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै उनले राप्रपामा आएर भ्रष्टाचार गर्छु भनेर कसैले सोचेको छ भने त्यस्ता व्यक्तिलाई नआउन सुझाव दिए ।

उनले भने, ‘कोही भ्रष्टाचारीहरू भ्रष्टाचार गर्ने मनसायका साथ भविष्यमा कमाउने मौका पाइन्छ भनेर लागेको भए अहिले नै फर्के हुन्छ । कोही कुनै आवरणमा बसिरहेको छ भने बाटो लागे हुन्छ । यहाँ त्यस्तो उपाय हुँदैन ।’ अध्यक्ष लिङदेनले राप्रपा सुशासनको पक्षधर पार्टी बनिसकेको दाबी गरे ।

भ्रष्टाचार गर्ने जोसुकै भए पनि दण्डित हुनुपर्ने उनले बताएका छन् । उनले सबैभन्दा धेरै भ्रष्टाचार गर्ने नेताहरू नै भएको दाबी गर्दै २०४६ पछि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग समेत गरे । अध्यक्ष लिङ्देनले पार्टीको कोटाबाट नियुक्त न्यायाधीश र अख्तियार प्रमुखले सोही पार्टीका भ्रष्टाचारीलाई कारवाही गर्न नसक्ने भएकाले व्यवस्था परिवर्तन अपरिहार्य भएको बताएका छन् । 

‘भ्रष्टाचार कस्ले गर्छ भन्दा नेताहरुले गर्छ, उनीहरुलाई कारबाही गर्ने संवैधानिक निकाय को हो भन्दा अख्तियार र अदालत हो’, लिङ्गदेनले भने, ‘अनि नेताले नियुक्ति गरेका ती निकायका प्रमुखले आफ्नो नेतालाई कारबाही गर्छ त ? त्यसकारण समस्या व्यवस्थामा छ र यो व्यवस्था नै परिवर्तन गर्नुपर्छ ।’

अहिलेको मिश्रित निर्वाचन प्रणाली नै भ्रष्ट भएको पनि उनको जिकिर छ । ‘नेताहरुले ल्याएको यो व्यवस्थामै मुख्य समस्या छ, यो व्यवस्थाले ल्याएको निर्वाचन प्रणाली भ्रष्ट छ, नेतालाई पैसा खुवाएर मन्त्री, प्रधानमन्त्री बन्नुपर्ने र प्रधानमन्त्री भइसकेपछि देशको लागि होइन आफ्नो निर्वाचन क्षेत्रको लागि काम गर्ने व्यवस्था छ’, उनले थपे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७