श्रीलंकाविरुद्ध नेपाल ५–० गोलले अगाडि

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपालले पहिलो हाफमै ५–० को फराकिलो अग्रता बनाएको छ । उज्वेकिस्तानमा खेलको दोस्रो हाफ चलिरहँदा नेपालले ५–० को अग्रता बनाएको हो ।
पहिलो हाफमा ४–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा एक गोल थपेको हो । पहिलो हाफमा नेपालकी अनिता बस्नेतको कर्नरमा गीता रानाले हेडर गोल गर्दै खाता खोलेकी थिइन् । पहिलो हाफको २० औँ मिनेटमा कप्तान सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो ।
खेलको ४२ औं मिनेटमा अनिता बस्नेतको क्रसमा साम्बाको गोलमा नेपालले ३–० को अग्रता बनायो । कप्तान साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपालले ३–० को अग्रता बनाएको हो । पहिलो हाफको इन्ज्युरी समयमा सविता राना मगरको क्रसमा साम्बाले हेडर गोल गर्दै ह्याट्रिक पूरा गरिन् । खेलको ५४ औं मिनेटमा गीता रानाले पेनाल्टीमा गोल गर्दै नेपाललाई ५–० को फराकिलो अग्रता दिलाइन् ।