बर्तौलाको प्रश्न : न्यायालयप्रति भरोसा टुट्न लाग्यो, तपाई के गर्नुहुुन्छ ?

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक श्यामकुमार घिमिरेले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको बताएका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा सोमबार सर्वोच्चका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापालाई प्रश्न गर्दै उनले न्यायालयप्रतिको जनविश्वास कमजोर हुँदै गएको बताएका हुन् ।
‘पछिल्लो चरणमा न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको छ । कमजोर मात्रै होइन, भरोसा करिव करिव टुट्न खोजेको छ । त्यसमा जिम्मेवार कारण धेरै होलान् त्यसमध्ये एउटा न्यायाधीशहरुको भूमिकाहरुप्रति नै गम्भीर प्रश्न छ । उहाँहरुको आचरण, न्याय सम्पादनमा विचलनका कुराहरु, यी विषयहरु छन् । यहाँले भोलि यस प्रकारका टिप्पणीहरु पुनः नआउन् भनेर कसरी अघि बढ्नु हुन्छ । पीडितले न्याय पाउने कुराको सुनिश्चितता कसरी गर्नु हुन्छ ?,’ उनले भने । प्रमुख सचेतक बर्तौलाले न्यायाधीशहरुले कतिपय विषयमा उपलब्ध तथ्य र प्रमाण भन्दा पनि आफू जोगिनको लागि र भीडबाट जोगिने गरी फैसला गर्ने गरेको बताए ।