न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गयो : कांग्रेस सांसद कार्की


२०८२ असार १६ सोमबार १८:११ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको बताएका छन् । संसदीय सुनुवाई समितिको आज (सोमबार) को बैठकमा बोल्दै उनले अहिले सर्वोच्च अदालतमा धेरै मुद्दाहरु विचाराधीन रहेको बताए ।

कार्कीले त्यसको समाधानका उपायबारे प्रस्तावित न्यायाधीश शान्ति थापालाई प्रश्न गरे । ‘अहिले सर्वोच्चमै धेरै मुद्दाहरु पेण्डिङमा छन् । विचाराधीन छन् । ती मुद्दालाई अघि बढाउन के गर्नुपर्छ ? तपाईंको के सोचाई छ ? सर्वसाधारणको पहुँच न्यायमा कम हुँदै गएको भन्ने चर्चा छ । त्यस्तै न्यायालयप्रति जुन किसिमको आस्था, विश्वास र भरोसा हुनुपर्ने हो त्यसमा कमी आएको हो की भन्ने आशंका छ । तपाईंले यी कुरा निरुपण गर्न के भमिका रहन्छ ?,’ उनले प्रश्न गरे । न्यायालयप्रतिको जनताको आस्था, विश्वास र भरोसामा कमी हुँदै आएकोप्रति ध्यानाकर्षण गराए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७