तरुण दलको महाधिवेशन मंसिर २६ गते प्रस्ताव, अरु भ्रातृ संगठनको कहिले ?


२०८२ असार १६ सोमबार ००:०८ बजे

काठमाडौं । समयमा महाधिवशेन गर्न नसकेका सत्तारुढ नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूको महाधिवेशनबारे नयाँ मिति प्रस्ताव गरिएको छ । तदर्थ समितिको भरमा चलेका भ्रातृ संगठनको महाधिवेशन गर्नको लागि नयाँ प्रस्ताव पेस गरिएको हो । पार्टी कार्यालयमा जारी बैठकमा सम्बन्धित भ्रातृ संस्थाले प्रस्ताव गरेको मिति नै केन्द्रीय समितिमा पठाएको प्रस्ताव गरिएको हो ।

प्रस्तावअनुसार किसान महासंघको भदौ ३ गते, थारु संघको भदौ २०९ वा असोज २५ गते, लोकतान्त्रिक खेलकुद संघको भदौ २० वा २९ गते, तरुण दलको २६ देखि २८ गतेसम्म सक्ने प्रस्ताव महामन्त्री गगन थापाले गरेका छन् । दलित संघ, महिला संघ र नेविसंघको भने मिति तय हुन बाँकी छ । पार्टीको बैठक चल्दै गर्दा नेविसंघ र महिला संघलगायतका नेता कार्यकर्ताले तदर्थ समिति भंग गर्न माग गर्दै नाराबाजी गरेका थिए भने तरुण दलको असन्तुष्ट नेताहरूले हिजोदेखि नै रिले अनसनमा छन् । उनीहरूले तदर्थ समिति भंग गर्न माग गरेपनि पार्टीले एक पटक संगठनको महाधिवेशन गर्न मौका दिन लागेको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७