हामी मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लैजान चाहन्छौं : महासचिव पोखरेल


२०८२ असार १४ शनिबार १८:४० बजे
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) सम्पर्क समन्वय समितिद्वारा पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा आज बृहत पदयात्रा कार्यक्रम गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएको पदयात्रा थापाथली, माइतीघर, बबरमहल, बानेश्वर हुँदै तीनकुनेमा पुगेर समापन भएको थियो । यसअघि उक्त पदयात्रा शुभारम्भ गर्दै एमाले महासचिव शङ्कर पोखरेलले स्व. भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादले नेपाली समाजमा रुपान्तरणका लागि महत्वपूर्ण  योगदान गरेको उल्लेख गरे । 

उनले भने, ‘जनताको बहुदलीय जनवाद नेपाली समाजलाई अघि बढाउने उद्देश्यका लागि मार्गनिर्देशन गर्ने विचार हो, त्यही माध्यमद्वारा सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाक्षा पूरा गर्ने लक्ष्यका साथ हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा जुटेका छौ ।’

महासचिव पोखरेलले एमालेलाई निर्णायक शक्तिकारुपमा उभ्याउन मिसन–८४ यो अभियानका महत्वपूर्ण कडी भएको जनाउँदै सोही माध्यमबाट  मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहेको स्पष्ट पारे । उनले भने, ‘पार्टी नेतृत्वमा मुलुकलाई युगतर्फ लैजान प्रयत्न भइरहेको छ, नेपाल साधनस्रोतका हिसावले कमजोर छ, नागरिक सम्पन्नताका हिसाबले कमजोर छन् भन्ने भाष्यलाई चिरेर सम्पन्न छ भन्ने कुरा दैलेखमा रहेको ग्यास भण्डारणको अन्वेषणबाट प्रमाणित गरेका छौँ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७