गृहमन्त्रीलाई राप्रपाको चेतावनी : धेरै फुर्ति नदेखाउनुस्


२०८२ असार १४ शनिबार १७:४८ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिएकी छन् । प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन् । उनले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटेको भन्दै प्रश्न गरिन् । 

उनले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भए पनि चम्मु बाठो पाएको जिकिर गरिन् । उनले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गरेको आरोप लगाइन्।

उनले भनिन्, ‘गृहमन्त्री ज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनतालाई किन लुटिँदैछ, यसको जवाफ छ, गृहमन्त्री ज्यू ? विपीले भन्नु भएको थियो, जो कार्यकर्ता नेताको ज्यादती सहेर बस्छन्, कि त ति चरम अवसरवादी हुन्, कि त दास हुन् । तपाईंहरू कुन वर्गमा पर्नु हुन्छ । गृहमन्त्री ज्यूलाई मैले त सोझो ठानेको थिएँ, तर उहाँ त चम्मु बाठो हुनुहुँदोरहेछ । उहाँले त यस्तो समिति बनाउनु भयो की उहाँलाई फुत्किन र कमाई बचाउन धेरै सजिलो भयो । धेरै फुर्ति नदेखाउनुस् गृहमन्त्री ज्यू, एक दिन यस्तो समय आउँछ, पल्लो छेउबाट ओल्लो छेउ आउनु हुन्छ । तपाईंले दैनिक भिजिट भिसाका नाममा ५० लाखदेखि एक करोडसम्म असुली गर्नु भएको छ । नेपाली जनतालाई बेच्नु भएको छ ।’ उनले गृहमन्त्रीको तत्काल राजीनामा माग गरिन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७