सटर बन्द गरेर फेरि आन्दोलनमा सुनचाँदी व्यवसायी


२०८२ असार १३ शुक्रबार १९:४२ बजे
फाइल फोटो

काठमाडौं । सटर बन्द गरेर सुनचाँदी व्यवसायीहरू फेरि आन्दोलनमा उत्रिएका छन् । आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरूद्धमा सुनचाँदी व्यवसायीहरूले सटर बन्द गरेका हुन् । न्युरोडलगायका स्थानहरूमा सुनचाँदी पसल बन्द रहेको छ । विनयोजन विधेयक पास हुँदा पनि आफूहरूको माग सम्बोधन नभएकाले पुनः आन्दोलन गर्नुपरेको सुनचाँदी व्यवसायीहरूको भनाइ छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै व्यवसायीहरूले आन्दोलन सुरू गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएसँगै उनीहरूले आन्दोलन स्थगित गरेका थिए । तर, आफूहरूको मागमा सरकार गम्भीर नभएको भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले पुनः सडक आन्दोलन सुरू गर्दै काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७