भिरबाट लडेर महिलाको मृत्यु


२०८२ असार १३ शुक्रबार ००:१६ बजे

गुल्मी । घाँस काट्ने क्रममा भिरबाट लडेर गुल्मीमा एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका–६ घ्युउपानीकी ३१ वर्षीया लक्ष्मी थापाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

आज दिउँसो स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न भनी गएकी थापा साँझ अबेरसम्म घर नफर्केपछि परिवार र छिमेकीद्वारा उनको खोजतलास गरिएको थियो । खोजतालासका क्रममा उनको शव सोही सामुदायिक वनको कीराचौर भिरबाट खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा छ जनाको टोली घटनास्थलमा पुगेको थियो । मृतक थापाका दुई छोरा छन् भने श्रीमान् रोजगारीको सिलसिलामा दुबईमा छन् । थापाको शव परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएकोे बताउँदै प्रहरी नायब उपरीक्षक सारुले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७