लुम्बिनी सरकारलाई जसपा नेपालको समर्थन फिर्ता


२०८२ असार १३ शुक्रबार २२:०१ बजे
फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ । पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको व्यहोरासहितको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको सचिवालयले जानकारी दिएको छ । काफ्लेले बुझाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ । उनले पत्रमार्फत प्रदेश सभा बैठकमा विपक्षीको आसनमा व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् । जसपा नेपालले समर्थन फिर्ता लिने पत्र बुझाएपनि छलफल भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । लुम्बिनी प्रदेशमा जसपा नेपालबाट काफ्ले एक मात्र सांसद हुन् ।

काफ्लेले सरकार तलमाथि नपर्ने भए पनि असफल भएकाले समर्थन फिर्ता लिएको बताइन् । ‘सरकारले राम्रो काम गर्ला भनेर पार्टीले समर्थन गरेको थियो । जनता र हामी सांसदले समेत अपेक्षा गरे अनुसार अहिलेको सरकारले काम गर्न नसकेपछि पार्टीले समर्थन फिर्ता लिएको हो । हाम्रो पार्टीले समर्थन गर्दा र फिर्ता लिँदा सरकार तलमाथि नहुने भए पनि असफल बनेकाले समर्थन फिर्ता लिँदा नै उपयुक्त लाग्यो,’ उनले भनिन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केन्द्रमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्णय लिएको थियो । समितिले गरेको निर्णय संसदीय दलको बैठकले सदर गरेपछि समर्थन फिर्ता लिने तयारी छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७