प्रस्तावित तीन न्यायाधीशविद्धका उजुरीमाथि छलफल


२०८२ असार १३ शुक्रबार २१:४१ बजे

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेका उजुरीसम्बन्धमा उजुरीकर्तासँग छलफल गरेको छ । समितिको शुक्रबारको बैठकमा पाँचै जना उजुरीकर्तासँग छलफल भएको समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन् ।

प्रस्तावित न्यायाधीशविरुद्ध पाँच व्यक्ति केन्द्रित र दुईवटा सुनुवाई प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको थियो । उजुरीकर्तासँगको छलफल सकिएकाले आइतबार बस्ने बैठकमा न्यायाधीशको सुनुवाई गरिनेछ । सरकारले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७