श्रीमानसँग झगडापछि आफ्नै पसलमा आगो लगाएर भागिन् श्रीमती 


२०८२ असार १३ शुक्रबार ००:०४ बजे

झापा । झापाको बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल नजिक रहेको चिया–नास्ता पसलमा आगलागी भएको छ । टिनको छाना र टिनले बारिएको उक्त भुइँतले पसलमा आज अपराह्न ४ बजेको समयमा आगो लागेको हो । 

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बलभद्र प्रसाईद्वारा सञ्चालित सो पसलमा उनकी ३८ वर्षीया श्रीमती सोइता प्रसाईले मादक पदार्थ सेवन पश्चात श्रीमानसँगको झगडामा पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगो लगाएको आरोप लागेकी सोइता हाल फरार रहेको प्रहरीले जनाएको छ । 

स्थानीयवासी र बिर्तामोड नगरपालिकाको सहयोगमा २० मिनेटमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट खाजा–नास्ता, भाँडाकुँडा, फ्रिजलगायत पसलभित्र रहेका सामग्री जलेर करिब दुई लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७