नुवाकोटमा बाढीले बेपत्ता महिला खोज्न तालिम प्राप्त कुकुर परिचालन


२०८२ असार १३ शुक्रबार १८:४१ बजे

नुवाकोट । नुवाकोटमा बाढीले बगाउँदा बेपत्ता महिलाको खोजीका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । ककनी गाउँपालिका–१ भसीबुको बिमचना खोलाले बगाएकी महिला खोज्न काठमाडौंबाट तालिम प्राप्त कुकुर पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । गए राति ३२ वर्षीया कमला बलामी बाढीमा बेपत्ता भएकी हुन् ।

डिएसपी थापाका अनुसार बलम्बुमा रहेको पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखाबाट दुई वटा कुकुरसहित सात जनाको टोली ककनी पुगेको हो । त्यस्तै कमलाको खोजी गर्न शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेडाँडा बाट ६५ जनाको टोली खटिएको थियो । गए राति बिमचन खोलाले तीन वटा गोठ पनि बगाएको थियो । गोठमा रहेका महिलाका श्रीमान अशोक बलामी पनि घाइते भएका थिए । उनको काठमाडौंमा उपचार भइरहेको छ । बाढीले गोठमा रहेका पशुचौपायासहित विभिन्न सामान बगाएको स्थानीयले बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७