कांग्रेसले सानेपामा किन्यो १३ करोडमा जग्गा, पार्टी कार्यालय विस्तार गरिंदै


२०८२ असार १३ शुक्रबार १९:४३ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले केन्द्रीय कार्यालय विस्तारका लागि सानेपामा १९ आना जग्गा र तीनतले घर किन्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो बनाउन थप जग्गा किन्न लागिएको हो । 

कार्यालयलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ कार्यालय अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसले अमिरमान अमात्यबाट घरजग्गा किन्न लागेको हो । बुधबार कांग्रेसले एक वर्षभित्र पास गर्ने गरी जग्गा खरिदका लागि अमात्यलाई ५० लाख रुपैयाँ बैना दिइसकेको छ । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग सम्झौता भएको हो । घर जग्गा खरिदका लागि १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेभी एवं शुभेच्छुकहरूको सहयोगमार्फत उठाइने पनि कांग्रेसले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७