एमालेको सचिवालय बैठक जारी

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ । दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यतालिकाका कारण ३ बजेका लागि सारिएको थियो ।
आजको बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने नेताहरूले बताएका छन् । एमालेको विधान महाधिवेशन आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीको सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । सोही महाधिवेशनको तयारीका लागि बैठक डाकिएको हो ।