जयवीरविरुद्ध ‘स्टाटस’ लेखेका राप्रपा नेता धरौटीमा रिहा


२०८२ असार ११ बुधबार २२:५० बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणाका छोरा जयवीरसिंह देउवाको जाहेरीमा थुनिएका राप्रपाका युवा नेता सुजित केसी धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोडेको हो । देउवापुत्रले हिल्टन होटल खरिद गरेको स्टाटस लेखेपछि उनीविरुद्ध जाहेरी परेको थियो । आज भएको थुनछेक बहसमा न्यायाधीस विष्णुप्रसाद अवस्थितको इजलासले आज उनर्ला धरौटीमा छोड्ने आदेश गरेको हो ।

केसीको तर्फबाट नेपाल बारका पूर्व अध्यक्ष गोपालकृष्ठा घिमिरे, वरिष्ठ अधिवक्ता राजु बस्नेत, नेपाल बारका महासचिव केदार कोइराला लगायतले बहस गरेका थिए । देउवापुत्र जयवीरले केसीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा निवेदन र किटानी जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोवार अन्तर्गत अभियोगपत्र दर्ता गरेको थियो । सोही आधारमा केसीलाई प्रहरीले पक्राउ गरी म्याद थपेर हिरासतमा राखेको थियो ।

तर केसीका परिवारले हालेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाइ गर्दै सर्वोच्च अदालतले सुनवाइ गर्दै उनलाई थुनामुक्त गरिदिएको थियो । थुनामुक्त हुनुअघि केसीले ६ दिन काठमाडौं प्रहरी परिसरको हिरासतमा बिताएका थिए । जयवीरकै नामबाट जाहेरी दिए पनि अभियोगपत्र दर्ता गर्दा भने उनको नाम लुकाइएको छ । प्रहरीले जयवीरलाई परिवर्तित नाम ‘साइबर ब्यूरो ५५’ दिएर अभियोगपत्र बनाएको हो । अभियोगपत्रमा केसीबाट मनासिब क्षतिपूर्ति पनि जयवीरलाई भराउनुपर्ने मागदावी गरिएको छ । साथै, पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउनुपर्ने पनि अभियोगपत्रमा उल्लेख छ । काठमाडौंको पाँचतारे हिल्टन होटल खरिद गरेको भन्ने केही मिडियामा आएको समाचारका आधारमा केसीले स्टाटस लेखेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७