आदेशको पर्खाइमा माधव नेपाल, रामकुमारी झाँक्री पनि पुगिन् अदालत

काठमाडौं । पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध थुनछेक बहस सकिए लगत्तै सो पार्टीकी सचिव रामकुमारी झाँक्री विशेष अदालत पुगेकी छन् ।
अध्यक्ष आदेशको पर्खाइमा रहेका बेला बुधवार राति पौने ८ बजे झाँक्री अदालत पुगेकी हुन् । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बुधबार नेपालको थुनछेक बहस भएको थियो । राति करिब ८ बजेसम्म आदेश आएको छैन । नेकपा एसका नेता कार्यकर्ता पनि विशेष अदालतमा देखिएका छन् ।