संवेदनशिल विधेयकहरु टार्नेतिर लागिए चुप लागेर बस्दैनौं : प्रचण्ड


२०८२ असार ११ बुधबार १९:०७ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिमा सहमति भइसकेको विधेयक संसदको कार्यसूचीमा चढेर पनि फिर्ता हुनु गम्भीर विषय भएको बताएका छन् । समितिमा सहमति भएका विधेयकमा छेडखानी नगर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् । आज (बुधबार) बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रचण्डले संघीय निजामती विधेयक संसद्को कार्यसूचीमा परेर पनि स्थगित हुनु गम्भीर विषय रहेको बताएका हुन् ।

‘समितिमा सहमति भएका विषयलाई छेडखानी गर्ने काम नहोस्, यहाँ सर्वसम्मत भएका कुरालाई बिगार्ने काम नहोस्,’ उनले भने, ‘यहाँबाट पारित भएका विधेयक समयमा पारित हुन्, गृहमन्त्री र रक्षामन्त्रीसहित सबैको ध्यानाकर्षण गराउँछु ।’ समितिका सभापति रामहरि खतिवडाले कार्यसूचीमा चढेर पनि फिर्ता भएको संघीय निजामती विधेयक छिट्टै पारित हुने अपेक्षा रहेको बताएका थिए । ‘कुलिङ पिरयड’ सम्बन्धी व्यवस्थाका कारण विधेयक पारित हुन ढिलाइ भइरहेको छ । 

सरकारसँग समझदारी बनाऔं भन्नुको कारण पनि कतिपय विधेयक पारित गर्नुपर्ने टड्कारो रहेको उनले बताए । ‘विद्यालय शिक्षा ऐन असार १५ सम्म ल्याउने भनेर सरकारले शिक्षकसँग सहमति गरेको थियो । तर, आफैंले गरेको सहमति विपरीत विद्यालय शिक्षा विधेयक अगाडि बढेको छैन, त्यत्तिकै टारिने त होइन ? अहिले अलिबढी चिन्ता भइरहेको छ,’ प्रचण्डले भने । अध्यक्ष प्रचण्डले संवेदनशिल विधेयकहरु टार्नतिर लागिए आफूहरु चुप लागेर नबस्ने समेत बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७