रुसको चेतावनी : इरानमा सत्ता परिवर्तन र नेता खामेनीको हत्या अस्वीकार्य


२०८२ असार ६ शुक्रबार २०:३३ बजे

काठमाडौं । अमेरिकाको ब्याकअपमा इरानमाथि हमला गरेको इजरायलले त्यहाँका सर्वोच्च नेता आयातुल्लाह खामेनीको हत्या गरेर ४६ वर्षअघि अन्त्य भएको राजतन्त्र फर्काउन खोजेको चर्चाका बीच रुसले पहिलो कडा प्रतिक्रिया दिएको छ ।

इरानमा शासन परिवर्तन अस्वीकार्य हुने र देशको सर्वोच्च नेताको हत्याले पण्डोराको बाकस खोल्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले स्काई न्यूजलाई दिएको एक अन्तरवार्तामा भनेका छन्। यदि इजरायलले अमेरिकी सहयोगमा इरानका अयातोल्लाह अली खामेनीको हत्या गर्छ भने रूसले कस्तो प्रतिक्रिया दिनेछ भन्ने प्रश्नमा पेस्कोभले भनेका छन्–हाम्रो प्रतिक्रिया धेरै नकारात्मक हुनेछ र हामी यसलाई कडा रूपमा अस्वीकार गर्नेछौँ।

इरानको शासन परिवर्तनले अतिवादीहरूको जन्म गराउने र विश्वलाई थप अशान्त बनाउने चेतावनी मस्कोले दिएको छ। अमेरिका र इजरायलले खामेनीको हत्या गर्न खोजेका छन्। उनीहरूको आडमा सन् १९७९ मा अन्त भएको राजसंस्थाका उत्तराधिकारी रेजा पल्बीलाई राजाका रूपमा स्थापित गर्ने चर्चा पनि चलिरहेको छ। पल्बी अमेरिकामा बसेर इरानको सत्ताको विरोधमा बोलिरहेका छन्। रूस र इरानबीच लामो समयदेखि घनिष्ठ कूटनीतिक र सैन्य सम्बन्ध रहेको छ, जुन सम्बन्ध मस्कोले युक्रेनमा गरेको आक्रमणपछि थप बलियो भएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७