सफाइ पाएको भोलिपल्टै बलात्कार आरोपीको अनुसन्धान अधिकृतसँग ‘बर्थडे पार्टी’


२०८२ असार ११ बुधबार २१:१४ बजे

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै अनुसन्धानमा संलग्न डीएसपी निवासमा पार्टी गरेको घटनामा छानबिन समिति गठन भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिले यथाशीघ्र प्रतिवेदन बुझाउने कार्यालयका प्रवक्ता डीएसपी विनोद यादवले जानकारी दिए । सप्तरीमा बलात्कार मुद्दामा राजविराज–६ का आकाश आदर्शले सफाइ पाएको र सफाइ पाएको भोलिपल्टै डीएसपी क्वार्टरमा आयोजित एउटा पार्टीमा सहभागी भएको भन्ने समाचारबारे बुधबार राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आइजिपी दीपक थापालाई प्रश्न गरेका थिए ।

यस विषयमा आइजीपी थापाले मधेस प्रदेश प्रहरी कार्यालयका डीआइजी उमाप्रसाद चतुर्वेदीलाई सम्पर्क गरी आवश्यक छानबिन गर्न निर्देशन दिएको बताएका थिए । ‘डीएसपीको क्वार्टरको उक्त तस्वीर अगाडिकै रहेछ । पत्रिकामा आज निस्केको हो । त्यस सन्दर्भमा मैले मधेस प्रदेशका डीआइजीलाई छानबिनको लागि के भएको हेर्नु भनेको छु । इन्स्पेक्टरको जन्म दिन रहेछ । उनले लगेर डीएसपीको क्वार्टरमा बसेको फोटो आएको छ । यसलाई नोटिसमा लिएर प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ,’ उनले भने ।

राजविराज–६ का आकाश आदर्शले बलात्कार मुद्दामा जिल्‍ला अदालत सप्तरीबाट जेठ ४ गते सफाइ पाएका थिए । त्यसको भोलिपल्टै प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन मनाउन जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा पार्टी गरिरहेको तस्ीबर बाहिरिएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७