इरानमा गरिएको सैन्य आक्रमण ‘एक अद्भूत सैन्य सफलता ’ : ट्रम्प


२०८२ असार ८ आइतबार १६:१५ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा रहेका तीन वटा आणविक केन्द्रहरूमा गरिएको अमेरिकी सैन्य आक्रमणलाई ‘एक अद्भूत सैन्य सफलता’ भएको बताएका छन्। 

ह्वाइट हाउसको क्रस हलबाट सम्बोधनका क्रममा उनले यी आक्रमणहरू एक अद्भूत सैन्य सफलता भएको बताएका हुन्। सम्बोधनका क्रममा उनले इरानका मुख्य आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको बताएका छन्।अमेरिकाले इरानको फोर्दो, नतांज र इस्फहानमा आक्रमण गरेको हो। उनले सबै अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिएको र सुरक्षित रूपमा घर फर्किरहेको उनले उल्लेख गरेका छन्।  

उक्त वक्तव्यको क्रममा ट्रम्पको साथमा उपराष्ट्रपति जेडी भान्स, विदेश मन्त्री मार्को रुबियो र रक्षा मन्त्री पिट हेगसेथ उपस्थित थिए। युद्ध विरोधी मतले चुनाव जितेका ट्रम्प आफै इजरायली युद्धमा जोडिएसँगै उनको अमेरिकामै आलोचना भएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७