एक करोड बढीका अवैध गहनासहित पोखराबाट दुई जना पक्राउ


२०८२ असार ७ शनिबार २०:२२ बजे

पोखरा । एक करोड बढीका गरगहनासहित पोखराबाट दुई जना पक्राउ परेका छन्। भारतबाट सुनका गरहगना अवैध रुपमा ल्याएर नेपाली बजारमा बिक्री गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका हुन्।

भारतबाटै तयार पारिएका गहना अवैध रुपमा नेपाल भित्र्याउने र पोखरा, बुटवल जस्ता सहरमा बिक्री गर्ने गरेका ४९ वर्षीय न्यू प्रताप नगर जिटी रोड अमृतसर–१ पञ्जाबका कुलदीप सिंह र तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक पक्राउ परेको कास्की प्रहरीले जनाएको छ।

उनीहरुले पोखरा बजारका विभिन्न सुनचाँदी पसलमा गरगहना बिक्री गर्न पुग्दा नबिकेपछि बुटवलमा बेच्ने योजनासहित जाँदै गर्दा कास्की प्रहरीले पोखरा–२२ पुम्दीबाट २ जनालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ८२ तोला बढी सुनचाँदीका गरहगना फेला परेका छन्। दुवै जना चुनचाँदीका गरहगना बनाउने कालिगड हुन्।

पञ्जापका सिंहले भारतमै सुनचाँदीका गहना बनाउने काम गर्थे भने विकले नेपालमा। विकले सिंहको सहयोगीका रुपमा नेपाली बजारमा सुन ल्याएर बिक्री गर्न सघाउने गरेका थिए। भारतीय नागरिक सिंह ३ वर्ष पहिलेदेखि नै विकसँग फेसबुकमा साथी रहेको पाइएको छ। ‘दुवै जना सुनको काम गर्ने भएकाले उनीहरुले गहना ल्याएर नेपाली बजारमा बिक्री गर्ने सल्लाह गरेको पाइएको छ।

कुलदीप पछिल्लो समयमा भारतमा युपि, गोरखपुर, बिहार, उडिसा, दिल्ली हरियाणालगायतका स्थानमा सुनका गरगहना बेच्दै हिँड्ने गरेको प्रहरीले बताएको छ। नेपालका बिकलाई सहयोगी बनाएर यहाँका सहरमा बिक्री गर्ने योजना बनाएको देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। सिंह र बिक ४ गते पोखरा आएर गरगहना बिक्री गर्न पसल–पसल पुगेका थिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७