काभ्रेमा गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु


२०८२ असार ७ शनिबार ००:५६ बजे

काभ्रे  । काभ्रेको बनेपा नगरपालिका–७ स्थित गोदाम चोक नजिक गाडीले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। बनेपा–पनौती सडक खण्डमा शनिबार १ बजेतिर बनेपातर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको योद्वा गाडीले विपरीत दिशाबाट आइरहेको बा.प्र.०२–०२३ प ६०२३ नम्बरको स्कुटरलाई दिँदा चालक ४५ वर्षीय ज्ञानध्वज तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। तामाङ तेमाल गाउँपालिका–१ घर भई हाल बनेपा–७ बसपार्क बस्दै आएका थिए।

प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएकोमा दिउँसो २ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। गाडी चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७