टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु


२०८२ असार ७ शनिबार ०१:३० बजे

रुपन्देही । रुपन्देहीमा आज (शनिबार) दिउँसो टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएको छ। मायादेवी गाउँपालिका–७, गरगट्टी चम्रौटी टोलको मोडमा टिप्परको ठक्करबाट सम्मरीमाई गाउँपालिका–५ का २० वर्षीय समिर खान र कोटहीमाई गाउँपालिका–७ का १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको हो। खान र ठाकुर विद्यार्थी हुन्।

बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ ख २०७४ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई गरगट्टीमा ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुरज कार्कीले ठक्कर दिने टिप्पर चालक जगदीश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए। गम्भीर घाइते खान र ठाकुरलाई भैरहवास्थित भीम अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७