वनस्थलीमा रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा शनिबार बिहान केन्द्रीय समितिको बैठक जारी रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। बैठक बिहान साढे ८ बजेदेखि सुरू भएको हो।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीले घोषणा गरेको अभियानबारे छलफल हुने बताइएको छ । पार्टीले आज स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ। ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको सम्वर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित आजबाट देशव्यापी अभियान सञ्चालन गर्ने पार्टीको तयारी छ।