भिजिट भिसा प्रकरण छानबिन समिति बनाउन एक महिना पर्खिनु हुँदैन : माओवादी


२०८२ असार ७ शनिबार २१:०० बजे
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न छानबिन समिति बनाउन एक महिना पर्खिन नहुने बताएका छन्।

आज (शनिबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकको बारेमा भिजिट भिसा प्रकरण प्रश्न उठेको भन्दै यसबारेमा छानबिन समिति बनाउन एक महिना कुर्न नहुने बताए। उनले त्यसअघि नै छानबन समिति बनाएको खण्डमा गृहमन्त्रीमाथि लागेको आरोपबारे पनि अनुसन्धान भइ संसद् सुचारु हुन सहज हुने बताए।

‘गृहमन्त्री ज्युको बारेमा गम्भीर प्रश्न उठेको छ, यसमा भिजिट भिसाको सम्बन्धमा आज देखिरहनु भएको छ,’ मोदीले भने, ‘सरुवा, बढुवा प्रणालीमा पनि जुनियरलाई सिनियर र सिनियरलाई जुनियर भन्ने गरिएको छ। यी सबै विषयहरुमा कमसेकम यो संसदले एउटा छानबिन समिति बनाउनु पर्छ।  एक महिना भित्रमा आफै पनि बनाउने भनेर बोल्नु भएको छ। एक महिना किन पर्खिने चाँडै गरिदिए एउटा निकास पनि हुन्छ। तपाईंमा लागेको, गृह मन्त्रालय, भिजिट भिसामा देखिएको समस्याहरुको बारेमा समाधान हुन्छ।’ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७