टी–२० आई श्रृंखलाको उपाधि जित्न नेपाललाई १९४ रनको लक्ष्य


२०८२ असार ६ शुक्रबार ०१:५७ बजे

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिज (श्रृंखला) अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले स्कटल्याण्डबाट १९४ रनको लक्ष्य पाएको छ। स्कटल्यान्डको ग्लास्गोमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रनको योगफल तयार गरेको हो। 

स्कटल्यान्डका लागि ओपनर मुन्सेले सर्वाधिक ७८ रनको योगदान दिए। ३९ बलमा ५ चौका र ६ छक्का हानेका मुन्से १३ औँ ओभरको चौथो बलमा कुशल भुर्तेलको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। ब्राण्डोन म्याकमुलेनले ४२ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए। उनले ३० बलमा ४ चौका र १ छकका प्रहार गरे।

मार्क वाड ९ रन बनाउँदै आउट भए। फिन्ले १ रन बनाउँदा सन्दीपको बलमा ललित राजवंशीको हातबाट क्याच आउट भए । कप्तान रिची बेरिङटोन ९ रन बनाउँदा कुशल कै बलमा लोकेश बमको हातबाट क्याच आउट हुन पुगे। माइकल लिस्क २६ र म्याथु क्रस १७ रनमा नटआउट रहे। नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७