मोटरसाइकल र साइकल जुध्दा तीन जनाको मृत्यु


२०८२ असार ६ शुक्रबार ०१:१६ बजे

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा–सन्हैठा खण्डमा मोटरसाइकल र साइकल आपसमा जुध्दा तीन जनाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१८ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल र साइकल जुध्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००३–प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकसहित तीन जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए।

मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाका प्रदिप मुखिया, सोही ठाउँका नरेश मुखिया र साइकलयात्री सिरहा नगरपालिका–२ का कुसे राय रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पासवानले बताए। मृत्यु भएका तीनै जनाको शव पोस्ट्मार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७