कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत ८२ करोड विनियोजन

खोटाङ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खोटाङमा रु ८२ करोड २२ लाख ७५ हजार बजेट विनियोजन गरेको छ। एक वर्षे तथा बहुवर्षे गरी १५१ वटा योजना सञ्चालन गर्न सो बजेट विनियोजन गरेको हो।
भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईको सचिवालयका कर्मचारी सन्तोष राईका अनुसार मन्त्रालयले खोटाङमा न्यूनतम रु सात लाखदेखि रु १० करोडसम्मका योजनाका लागि बजेट विनियोजन गरेको छ। जिल्लामा प्राप्त योजनामध्ये सबैभन्दा बढी रसुवाघाट–पाँचधारे सडक निर्माणका लागि रु १० करोड बजेट विनियोजन भएको छ। कोशी प्रदेश सरकारले आगामी आव २०८२/८३ का लागि असार १ गते रु ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरे पनि जिल्लागत बजेट भने बिहीबार मात्र सार्वजनिक गरेको हो।