‘इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा’


२०८२ असार ६ शुक्रबार ००:५० बजे

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इरान र इजरायलबीचको बढ्दो द्वन्द्व चाँडै नै पछि नफर्कने (नो रिटर्न) को बिन्दुमा पुगेको बताएका छन्। इरान र इजरायलबीच आठ दिनदेखि युद्ध जारी छ। इजरायलले इस्लामिक गणतन्त्र इरान आणविक हतियार प्राप्त गर्ने संघारमा रहेको भन्दै आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि व्यापक आक्रमण सुरु गरेको थियो।

‘दुर्भाग्यवश, गाजामा भएको नरसंहार र इरानसँगको द्वन्द्व चाँडै नै नफर्कने बिन्दुमा पुगेको छ। यो द्वन्द्व जतिसक्दो चाँडो अन्त्य हुनुपर्छ’, एर्दोगानले भने, ‘यसको परिणामले यस क्षेत्र, युरोप र एसियालाई ‘धेरै वर्षसम्म’ असर गर्न सक्छ।’उनले भने, ‘यो अत्यावश्यक छ, थप विनाश, रक्तपात, नागरिक हताहत र भयानक विपत्ति आउनुभन्दा पहिले ‘ट्रिगर र बटन’ बाट औंलाहरू हटाउनु आवश्यक छ। यसले युरोप र एशियालाई आगामी धेरै वर्षहरूसम्म असर पार्न सक्छ।’

इस्तानबुलमा आयोजित इस्लामिक सहयोग संगठन (ओआइसी) को युवा मञ्चमा ओआइसीका विदेशमन्त्रीहरूको भेलाअघि उनले यस्तो टिप्पणी गरेका हुन्  इरानका विदेशमन्त्री अब्बास अराघची पनि सहभागी हुने भेलामा उनले भने, ‘इजरायलसँग जारी सङ्कटलाई दुई दिने वार्तामा उच्च प्राथमिकतामा राखिने बताइएको छ।’ एर्दोगानले यसअघि जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको फोन वार्तामा युद्धले आप्रवासनमा वृद्धि हुनसक्ने चेतावनी दिएका थिए। ,रासस / एएफपी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७