ओली, देउवा र प्रचण्डसहित शीर्ष नेताको बैठकमा के–के भए कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग टीआरसीका विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार बसेको शीर्ष नेताको बैठकमा टीआरीको विषयमा छलफल भएको प्रधानमन्त्रीका कानूनी सल्लाहकार अग्नि खरेलले जानकारी दिएका छन्। ‘टीआरसी के भइरहेको छ जानकारी दिइएको हो। यसमा अफिस, सेटअफसहितका विषयमा भएको प्रगतिबारे जानकारी गराइएको हो,’ खरेलले सुनाए, ‘द्वन्द्वकालका पीडितको सबै सरकारी अस्पतालमा उपचार गर्ने र त्यसका लागि त्यस अनुसारको कार्ययोजना स्वास्थ्य मन्त्रालयले बनाउने विषयमा छलफल भएको छ।’
बैठकमा संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउने सरकारले दिएको एक अर्ब कोषमा राख्ने बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, माओवादीबाट अध्यक्ष प्रचण्ड, उपमहासचिव वर्षमान पुनसहितका नेता सहभागी थिए। शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग (टीआरसी) गठन भए पनि प्रभावकारी काम अगाडि बढेको छैन। पदाधिकारी र केही कर्मचारी चयन गरे पनि यसले अझै काम अगाडि बढाएको छैन।