प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेको छलफल


२०८२ असार २ सोमबार १८:३९ बजे

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको विरोधमा सहमति जुटाउन अहिले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। 

सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग छलफल गरिरहेका हुन्। 

छलफलमा उपसभामुख इन्दिरा रानामगर पनि सहभागी छिन्।  राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिनका लागि संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखेर सदनमा विरोध गरिरहेका छन्। उनीहरूको विरोधका बिच सभामुख घिमिरेले शुक्रबार र आइतबार सदन सञ्चालन गरेका थिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७